|  

राजनीतिक दलहरूसँग सुझाव माग्ने सहकारी छानबिन समितिको निर्णय

१८ असार, काठमाडौं । सहकारी संस्थाबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले राजनीतिक दलहरुसँग सुझाव लिने भएको छ ।

राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूबाट समस्या समाधानका लागि लिखित रूपमा संसदीय छानबिन विशेष समितिले सुझाव लिने भएको हो ।

मंगलबार बसेको समितिको बैठकले सहकारी समस्या समाधानका लागि सुझाव लिने निर्णय गरेको हो ।

आजको बैठकले राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग पनि छलफल गरेको छ ।