|  

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा जारी

११ फागुन, काठमाडौं-राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा बसिरहेको छ ।

सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे डाकिएको बैठक अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । संसद विघटनको फैसला आउने दिन नजिकिँदै गर्दा बोलाइएको सुरक्षा परिषद्को बैठकले विशेष अर्थ राख्न सक्ने अनुमान गर्न सकिन्छ ।

रक्षा सचिव रेश्मीराज पाण्डेले बैठक नियमित भएको जानकारी दिए पनि अहिलेको असहज परिस्थितिमा बोलाएको बैठकलाई सामान्य लिन नसकिने जानकारहरु बताउँछन् । कतिपयले संसद पुर्नस्थापना भएमा प्रधानमन्त्रीले संकटकाल लगाउने तयारी गरिरहेकोसमेत बताएका छन् ।

यसअघि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थाप र प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो । प्रतिनिधि सभा विघटनको मुद्दाको फैसला सुनाउने अन्तिम अवस्थामा भएको यो भेटले राजनीतिमा तरंग ल्याएको छ ।

सुरक्षा परिषद्को बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दैछ ।