|  

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

१९ असार, काठमाडौं ।  नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।