|  

भारतमा भागदौडमा मृ#त्यु हुनेको संख्या ११६ पुग्यो

१९ असार, काठमाडौं । भारत उत्तर प्रदेशको हाथरसमा सत्संगका क्रममा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ ।

हाथरसमा एक सत्संगको क्रममा मच्चिएको भागदौडमा मंगलबार मृत्यु हुनेको संख्या ११६ पुगेको हो । स्थानीय प्रहरी निरीक्षक सालभ माथुरका अनुसार हाथरसको जनपदमा सिंकद्राराऊको नजिक मुगलगढी गाउँमा स्थानीय गुरु भोले बाबाको कार्यक्रमका क्रममा भागदौड हुँदा उक्त हताहत भएको हो ।

सत्संग सकिएपछि भोले बाबा नामका धार्मिक अगुवाको खुट्टाको धुलो उठाउन मानिसहरू दौडिएका  थिए ।  तर बाबा अर्कोतर्फ जाँदा मानिसहरू त्यतैतिर दौडिए । तर त्यस क्रममा सडकको छेउमा खसेर खाडलमा खस्दा  धेरै मानिसको ज्यान गएको हो ।  मृत्यु हुनेमा पुरुष, महिलासँगै बालबालिका पनि छन् ।मंगलबार दिउँसो २ बजेतिर घटना भएको थियो।