|  

महामन्त्री ढकालको प्रतिवेदनमाथि समीक्षा गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ ।

बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । कांग्रेस-एमालेले सत्ता गठबन्धन गरेपछि रास्वपा पनि दबाबमा परेको छ। यद्यपि रास्वपाले तत्काल राजीनामा नदिने रणनीति लिएको छ ।

मंगलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस-एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरुको गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरेको थियो ।