|  

कांग्रेस-एमालेको सहमतिलाई राप्रपा, जनमत र लोसपाको पनि समर्थन

१९ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बन्न लागेको नयाँ सत्ता समीकरणको सहमतिलाई राप्रपा, जनमत र लोसपाले पनि समर्थन गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बोलाएको बैठकमा यी दलका नेताले पनि समर्थन जनाएका हुन् । विकसित घटनाक्रमका विषयमा छलफल गर्न सभापतिले देउवाले राप्रपा, जनमत र लोसपाका नेतालाई बोलाएका थिए । उक्त छलफलमा उनीहरूले पछिल्लो समय भएको सहमतिलाई समर्थन गरेका हुन् ।

राप्रपाले पदाधिकारी बैठक बसेर संविधान संशोधन गर्ने गरी भएको सहमतिको स्वागत गरेको छ । मधेसकेन्द्रित सबै दलले पनि पछिल्लो सहमतिप्रति समर्थन जनाएका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, अशोक राई नेतृत्वको जसपा, सीके राउत नेतृत्वको जनमत, महन्थ ठाकुर नेतृत्व लोसपाले नयाँ सहमतिलाई समर्थन जनाएका हुन् ।