|  

सुनको भाउ ह्वात्तै बढ्यो, यस्तो छ आजको कायम मूल्य

११ फागुन, काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य ११ सय रुपौयाँले बढेर ९० हजार एक सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुनको मूल्य तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।