|  

के प्रधानमन्त्रीले आज देलान् त राजिनामा  ?

१९ असार, काठमाडौं । नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ ।

हिजो बसेको सचिवालय बैठकले अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गरेको थियो । तर एमालेले आफ्ना तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई भने फिर्ता बोलाएको छैन । यसैगरी, एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ ।

तर नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने बरु सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिए संसद्मा विश्वासको मत लिने निर्णय गरेको छ । प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।