|  

भारत लान लागिएका ९ गाईसहित १ जना पक्राउ 

१९ असार, काठमाडौं । रौतहट स्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत रौतहटबाट भारत तर्फ लागिरहेको ९ थान गाईसहित एकजना तस्करलाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले  माधव नारायण नगरपालिका १ दिपहीबाट अवैध रूपमा गाई र बाछो भारत तर्फ लैजाँदै गरेको अवस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका शेख आबिद आलमलाई पक्राउ गरेको हो ।

गाई ८ वटा र एक बाछोसहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारबाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको  र मुख्य तस्कर गाई धनी फरार रहेकोले निजको खोज तलास भई रहेको प्रहरीले जनाएको छ ।