|  

कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा

१९ असार, काठमाडौं । कोलम्बिया र ब्राजिल अमेरिकामा जारी कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा यी दुई टोलीले १-१ को बराबरी खेलेपछि कोलम्बिया र ब्राजिलले अन्तिम आठमा स्थान बनाएका हुन् । कोलम्बिया तीन खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्यो । तीन खेलबाट ५ अंक जोडेर ब्राजिल समूह उपविजेताको रुपमा क्वाटरफाइनल पुगेको हो ।

अब क्वाटरफाइनलमा कोलम्बियाले समूह सी को उपविजेता पानामासँग खेल्नेछ । ब्राजिलले भने समूह सी को विजेता तथा अर्जेन्टिनासँगै सर्विधक १५ पटक उपाधि जितेको उरुग्वेसँग खेल्नेछ ।