|  

एटीएम मेसिन फुटाएर रकम चोरी गर्न खोज्ने व्यक्ति पक्राउ 

१९ असार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-५ जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका-३ घर भएका २३ वर्षीय रुपेश नेपाली छन् ।

उनले मंगलबार दिउँसो साढे २ बजेको समयमा एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए ।तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।