|  

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? 

१९ असार, काठमाडौं । साताको कारोबारको चौथो दिन आज सुनको मूल्य बढेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो । त्यस्तै चाँदी आज तोलामा  २० रुपैयाँले बढेर प्रतितोला  १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।