|  

कांग्रेसद्धारा एमालेसँग भएको सहमति अनुमोदन 

१९ असार, काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एमाले) सँग भएको सहमतिलाई अनुमोदन गरेको छ ।

आज बसको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिलाई अनुमोदन गरेको हो।

सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए । महतका अनुसार यो मुद्दामा सहमत भएका अन्य दलहरूलाई पनि संवादमा ल्याइनेछ।