|  

कांग्रेसले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

१९ असार, काठमाडौं । नेपाली कांग्रेसले दुई ठूला दल मिलेर सरकार बनाउन सहमति भएको भन्दै मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ ।

बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।कांग्रेसले जस्तै एमालेले पनि मंगलबार बुधबारसम्म मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । बुधबार साँझसम्म प्रधानमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा एमाले छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । जसमा पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओली र बाँकी समयमा कांग्रेस सभापतिले चुनावी सरकारको नेतृत्व गर्ने समझदारी गरेका थिए ।