|  

'मैले राजीनामा दिनुपर्ने कारण छैन': महान्यायाधीवक्ता खरेल 

११ फागुन, काठमाडौं-महान्यायाधीवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको र नदिने स्पष्ट पारेका छन् ।

खरेलको राजीनामाको हल्ला चलेसँगै खरेलले आफूले राजीनामा नदिएको र नदिने स्पष्ट पारेका हुन् । हामीसँग टेलिफोनमा संक्षिप्त कुरा गर्दै खरेलले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

उनले भने, 'मैले राजीनामा दिएको छैन, दिँदा पनि दिन्न र दिनुपर्ने कारण पनि छैन ।'

पछिल्लो समय प्रधानमन्त्री र महान्यायाधीवक्ताको सम्बन्ध बिग्रीएको र खरेलले राजीनामा दिने चर्चा चलेको थियो । आफ्नो राजीनामाको कुराको कसैले अफवाह फैलाएको खरेलले स्पष्ट पारेका छन् ।