|  

बीबीसीले रोनाल्डोलाई ‘मिस्टियानो पेनाल्डो’ भनेपछि....

१९ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको मजाक उडाएपछि बीबीसी यतिबेला आलोचनाको केन्द्रमा छ ।

रोनाल्डोको समर्थकहरूले बीबीसी स्पोर्टको सामाजिक सञ्जाललाई रिपोर्ट र अनफलो गर्ने अभियान नै चलाएका हुन् । युरो २०२४ को अन्तिम १६ मा स्लोभानियाविरुद्ध रोनाल्डो पेनाल्टीमा चुक्दा १२० मिनेटसम्म खेल गोलरहित बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा विजयी बन्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

अल–नासरका स्टारको पेनाल्टी जोन ओब्लाकले रोकेका थिए । त्यसको केही मिनेटपछि उनी मैदानमा नै रुन पुगेका थिए ।बीबीसीले पछि पेनाल्टीको रिभ्यू गर्दा त्यसलाई ‘मिस्टियानो पेनाल्डो’ शीर्षक दिएको थियो । बीबीसीले रोनाल्डोको अपमान गरेकामा व्यापक आलोचना भइरहेको छ ।