१९ असार, काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ।
प्रदीप चापागाईँको प्रस्तुति रहेको ‘सुस्तरी’बोलको गीतमा चापागाईँकै शब्द तथा सिडी विजय अधिकारीको संगीत छ । भिडियोमा आकाश श्रेष्ठ र प्रिज्मा खतिवडाको अभिनय गरेका छन् । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।