|  

दुई थुनुवा अदालतबाटै हत्कडीसहित फरार

११ फागुन, काठमाडौं-मोरङ जिल्ला अदालतको परिसरबाट दुई अभियुक्त हतकडीसहित फरार भएका छन् ।

लागुऔषध मुद्वामा पक्राउ परेर अदालतमा म्याद थपका लागि लगिएका उनीहरु सोमबार अदालत परिसरबाटै फरार भएका हुन् ।

फरार हुनेहरुमा कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार शेखलाई कटहरीबाट खैरो हिरोइनसहित र चौधरीलाई बरगाछीबाट लागुऔषधसहित पक्राउ गरेको थियो । अदालतले उनीहरुलाई ५/५ दिनको म्याद थप गरेको थियो ।

हतकडीसहित भागेका उनीहरू भारततर्फ भागेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीकै सेटिङमा उनीहरु भागेको हुन सक्ने भन्दै प्रहरीहरुमाथि अनुसन्धान सुरु गरिएको छ ।