|  

एमालेका मन्त्रीहरू बालकोटमा, संभवत आजै राजीनामा बुझाउने 

१९ असार, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट सहभागी मन्त्री अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा छलफल गरिरहेका छन् ।

अध्यक्ष ओलीले बोलाएपछि मन्त्रीहरु बालकोट पुगेका छन्। संभवत बालकोटबाट अध्यक्ष ओलीसहित मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटार जानेछन्।

कांग्रेस–एमालेबीच नयाँ गठबन्धनको सहमति भएपछि एमाले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।