|  

एमाले मन्त्रीहरुले दिए राजीनामा, प्रचण्ड सरकार अल्पमतमा

१९ असार, काठमाडौं ।  नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । 

बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् । एमालेबाट सहभागी मन्त्रीहरुले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको छ  ।

सोमबार मध्यरातमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर दुई दल गठबन्धन गर्ने निर्णयमा पुगेका हुन् ।

त्यसपछि दुवै दलले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले विश्वासको सामना गर्ने बताएका थिए ।