|  

रास्वपा महामन्त्री डा. मुकुल ढकाल निलम्बनमा 

१९ असार, काठमाडौं । रास्वपाका महामन्त्री डा. मुकुल ढकाल निलम्बनमा परेका छन् । महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै मुकुल ढकाल निलम्बनमा परेका  हुन् । 

ढकाल निलम्बनमा परेपछि रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई र प्रवक्तामा मनिष झालाई तोकेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई ७ दिन निलम्बन गर्ने निर्णय गरेको हो ।