|  

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, विप्लवमाथिको प्रतिबन्ध फुकुवा होला ?

११ फागुन, काठमाडौं-मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ ।

सुरक्षा परिषद्को बैठक सकाएर मन्त्रिपरिषद् बैठक सुरु भएको हो । मन्त्रिपरिषद् बैठकमा नेत्र विक्रम चन्द विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल हुने बताइएको छ ।

विप्लवुमाथिको फुकुवा गर्ने निर्णय आजै हुन सक्ने पनि एक नेताले बताएका छन् । सरकारले विप्लव समूहलाई वार्ताका लागि आव्हान गरेकोमा विप्लव समूहले वार्तामा बस्न तयार रहेकोे तर पहिला प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेको थियो ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।