|  

काठमाडौंमा सबै भन्दा बढी डेंगु सङ्क्रमित

२० असार, काठमाडौं । काठमाडौं जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौं जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाडौँ जिल्लामा मात्रै पुष्टि भएको ईडीसीडीको तथ्यांक छ ।

यसो हुनुमा जनघनत्व बढी हुँदा ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्नु नै रहेको चिकित्सकहरू बताउँछन् ।