|  

प्रचण्डको अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको होः गगन 

२० असार, काठमाडौं ।  नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डको अस्थिर कार्यशैलीका कारण नेकपा एमालेसँग सत्ता समिकरण गर्नु परेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रचण्डकै अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको बताएका हुन् ।

‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री को अस्थिरताले हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि कांग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्छ भन्ने थियो..,’ उनले भने,‘  तर सरकार बनेको २–४ महिना हुँदा नहुँदै गठबन्धन बन्थ्यो? बन्दैनथ्यो प्रचण्डको यतिधेरै अस्थिर चरित्र व्यवहार नभएको भए ।’