|  

संविधान सुधार नगरी देश चल्न सक्दैन भनेर एमालेसँग मिल्यौंः कोइराला

२० असार, काठमाडौं ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्।

कांग्रेस पर्साले बिहीबार वीरगञ्जमा गरेको कार्यक्रममा बोल्दै कोइरालो अहिले रहेको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष मात्रै राख्नुपर्ने बताए । हामीहरूको प्राथमिकता राजनीतिक स्थायित्व, सुशासन र विकास हो,’ कोइरालाले भने, ‘समानुपातिक र समावेशी कुरालाई बिर्सन हुँदैन।

प्रदेशदेखि संघसम्म प्रत्यक्ष निर्वाचनमा जाने र जुन पार्टीले जित्छ उसले सरकार बनाउँछ।’एमालेसँग समीकरण गर्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल निर्णय नभएको पनि उनले बताए। ‘संविधान सुधार नगरी देश चल्न सक्दैन भनेर हामी सबैले कुरा गर्‍यौं, नागरिक समाजले पनि कुरा गर्न थाल्यो,’ उनले भने।