|  

शंखमुलको पुलबाट हामफाल्न खोजेका युवकको उद्धार 

२० असार, काठमाडौं । शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिको उद्धार गरिएको छ ।

पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरेको हो । मकवानपुर घर भइ ललितपुर महानगरपालिका-१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए । उनलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर प्रहरीले जनाएको छ ।