|  

रास्वपाले वेबसाइटबाट हटायो ढकालको नाम 

२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा.मुकुल ढकालको नाम पार्टीको वेबसाइटबाट हटाएको छ ।

पार्टीका आन्तरिक विषय मिडियामा ल्याएको भन्दै पार्टीको केन्द्रीय समितिको बुधबार बसेको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेको थियो ।

बिहीबार बिहानसम्म ढकालको नाम रास्वपाको आरएसपीडटओराजीमा थियो । तर, अहिलेको वेबसाइटमा उनको नाम देखिँदैन ।महामन्त्री निलम्बनमा परेपछि रास्वपाले बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री बनाएको छ ।