|  

बेचन झालाई आज अदालतमा उपस्थित गराइँदै

२० असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदैछ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको हो ।गत शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद आज सकिँदैछ । त्यसअघि म्याद थपका लागि उपस्थित गराउन लागेको एसपी नवराज अधिकारीले जानकारी दिए । झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।

छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो । केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ । उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको केसीले बताएका थिए ।