|  

प्रधानमन्त्री मोदीसँग विश्वकप उपाधि विजेता टोलीकाे भेट

२० असार, काठमाडौं । टी-२० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ ।

वेस्ट इन्डिजको बारबाडोसबाट आज बिहान दिल्ली आइपुगेको भारतीय क्रिकेट टिमलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेका हुन् । आजै भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ । मुम्बईमा आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । सो अवसरमा यसअघि बोर्डले घोषणा गरेको १२५ करोड रकम समेत हस्तान्तरण गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाले जानकारी दिए ।

नियमित उडान रद्द भएपछि भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारहरूलाई बारबाडोसबाट सिधै दिल्ली ल्याएको थियो । यसअघि भारतीय टिम बारबाडोसदेखि न्युयोर्क(दुबई हुँदै भारत आउने तालिका रहेको थियो ।