|  

कांग्रेसले डाक्यो संसदीय दलको बैठक

२० असार, काठमाडौं । आगामी शनिबार बस्ने गरी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

फेरिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। बैठक शनिबार ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्ने गरी कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेका छन् । सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । तर, समर्थन फिर्तापछि पनि प्रधानमन्त्रीले राजीनामा दिएका छैनन् । राजीनामा नदिने अडान लिएका प्रधानमन्त्री प्रचण्डले संसद फेस गर्ने बताइरहेका छन् । यसैले आइतबार प्रतिनिधिसभाको बैठकअघि कांग्रेसले छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो ।