|  

सांसदहरुको माग सम्बोधन गर्ने बजेट विनियोजन भएकाे शहरी मन्त्री बुढाको दाबी

२० असार, काठमाडौं । शहरी विकास मन्त्री धनबहादुर बुढाले आफूले सांसदहरुको माग सम्बोधन हुने गरी मन्त्रालयगत बजेट विनियोजन गरेको बताएका छन्।

आज राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बुढाले यस्तो जिकिर गरेका हुन् । उनले बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन, मानव विकास सूचकांक, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औँ पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयहरुलाई आधार बनाइएको पनि जानकारी दिए । उनले जनता आवास कार्यक्रम संचालन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिइएको बताए।

मन्त्री बुढाले मन्त्री निवास, संघीय संसद भवन निर्माणलगायतका ठूलो परियोजनाहरु रहेकाले वागमती प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी बजेट विनियोजन गरिएको देखिएको स्पष्ट पारे।