|  

भरे-भोलिमा प्रचण्डले राजीनामा दिनेमा गगन थापा विश्वस्त

२० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिए नयाँ प्रक्रियाबाट ५ दिनमा नयाँ सरकार बन्ने बताएका छन् ।

अल्पमतमा परिसकेपछि यताउता खेल्ने काम नगर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिँदै उनले यस्तो बताएका हुन् । उनले प्रचण्डको उपद्रोका कारण नयाँ सरकार बन्ने अवस्था सिर्जना भएको पनि बताए । उनले भनेका छन्,‘आफू अल्पमतमा परेपछि फेरि यताउता खेल्न सकिएला कि ? कांग्रेस-एमालेलाई अलमल्याउन सकिएला कि भन्ने खालको कुरामा प्रचण्ड नअल्मलिने कुरा उहाँको स्वास्थ्यका लागि पनि उपयुक्त छ । देशका लागि पनि त्यो ठीक छ, मलाई विश्वास छ, उहाँले भरे-भोलिमा राजीनामा दिनु हुन्छ । दिनुभएन भने एउटा प्रक्रियाबाट ४-५ दिनभित्रै नयाँ सरकार बन्छ ।’

प्रत्येक पटक कांग्रेस र एमाले एउटा मिसनका साथ सरकारमा सामेल हुने गरेको स्मरण गर्दै उनले यसपटक पनि केही नयाँ गर्नुपर्ने बताए ।