|  

प्रचण्डलाई विश्वासकाे मत दिने नेकपा एसकाे निर्णय

२० असार, काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् ।

आज महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भुसालले यस्तो जानकारी दिएका हुन् । उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए । पार्टीको नेतृत्व सर्वसहमतिमा टुंग्याउने प्रयास भइरहेको पनि उनले जानकारी दिए । भुसालले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडि बढेको बताए ।

उनले आफूहरुले भरसक निर्वाचनमा जान नचाहेको बताए ।