|  

झन कडा बन्दै प्रचण्डः साना ठूला कसैलाई पनि नछोड्न गृहमन्त्रीलाई निर्देशन

२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछानेलाई तथ्य अनुसन्धानमा दोषी देखिएका साना ठूला कसैलाई पनि नछोड्न निर्देशन दिएका छन् ।

उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । यसबाट सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रचण्ड आफ्नो कार्यशैलीमा झन् कडा भएको देखिएको छ । उनले रविलाई भनेका छन्,‘रवि जी, जति दिन यो सरकार रहन्छ, त्यो दिनसम्म जनता र देशको पक्षमा काम गर्नु पर्छ। ठूलो पाटी भनेर हात जोड्दै गयो भने भ्रष्टाचारी, चोर, तस्कर र बिचौलियाहरूले हामीलाई कमजोर ठान्दै टाउकोमा टेक्न खोज्छन्। अब एक-एक गरी जाग्नुस्। हामी संख्यामा कम पक्कै छौं तर इमान्दारीमा कुनै खोट छैन।’