११ फागुन, काठमाडौं । सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । आज मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विश्वकर्मा राजदूतमा नियुक्त भएका हुन् ।
मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।