|  

सुरक्षा परिषद बैठकमा पछिल्लो सुरक्षा अवस्थाको समीक्षा 

११ फागुन, काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सुरक्षा परिषद्को बैठकमा पछिल्लो सुरक्षा अवस्थाकाबारेमा समीक्षा भएको छ ।

पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोधकाबीच सुरक्षा संयन्त्रले खेलेको भूमिकाका विषयमा छलफल भएको हो ।  मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न नियमित बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तर,संसद विघटनको फैसला आउने दिन नजिकिँदै गर्दा बोलाइएको सुरक्षा परिषद्को बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुनु भएको थियो ।