|  

डडेल्धुराका आठ सामुदायिक विद्यालयको नतिजा शून्य 

२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा डडेल्धुराका आठ विद्यालयको नतिजा निल अर्थात एनजी छ ।

डडेल्धुराबाट ७० विद्यालय परीक्षामा सहभागी भएका मध्ये ८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा जिल्लाको परशुराम नगरपालिकाको भागेश्वर, कैलपाल र शिवपार्वती मावि, भागेश्वर गाउँपालिकाको कैलपाल मावि,अजयमेरु गाउँपालिकाको नमुना बालकल्याण मावि पुइलेक, गन्यापधुरा गाउँपालिकाको सिताराम मावि,नवदुर्गाको भुवनेश्वरी र अमरगढी नगरपालिकाको महेन्द्र मावि (खुला) को नतिजा गरि ८ वटा विद्यालयको नतिजा शुन्य छ ।

तर, महेन्द्र माविको साधारणतर्फ ८८ मध्ये २७ जना र प्राविधिकतर्फ ४८ मध्ये ४१ विद्यार्थी उत्तीर्ण भएका छन् । एसईईको नतिजा प्रकाशितपछि भने अभिभावक र शिक्षकहरू भने चिन्तित देखिन्छन् ।  विद्यालयको गुणस्तर सुधारभन्दा भौतिक संरचना सुधारमा मात्रै लाग्दा पढाइको परिणा कमजोर हुन आएको अभिभावकको आरोप छ ।