|  

प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ सांसदको मात्र सर्मथन 

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेका छन् ।

अहिलेसम्म ६३ जना सांसदले मात्र उनलाई विश्वास मत दिन समर्थन जनाएका छन् । उनलाई माओवादी केन्द्रसहित रास्वपा र एकीकृत समाजवादीको मात्र समर्थन रहेकाे छ । संसदमा माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसद मात्र विश्वासको पक्षमा देखिएका छन् । एक सिट रहेको आम जनता पार्टी, नेपाल मजदुर पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र दुई सांसद अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन् । 

असार १७ गते राति दुई ठुला दल कांग्रेस र एमाले मिलेर सत्ता समीकरण बनाएपछि एमालेले समर्थन फिर्ता लिइसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने तयारीमा छन् । तर जसपा, जपा र नाउपाले सरकारलाई दिएको समर्थन भने अहिलेसम्म फिर्ता लिएका छैनन् ।