|  

फरक फरक सामरिक नीतिकासाथ बढ्दै चीन र भारत

२१ असार, काठमाडौं । विपिन देव, २१ औ शताब्दीमा चीन भारत सम्बन्ध पेचिलो रहेको छ । विश्वको दोस्रो अर्थतन्त्र चीन र विश्वको पॉचौ अर्थतन्त्र भारत प्राचीन सभ्यताका सम्वाहकहरू हुन् ।

फरक फरक सामरिक र आर्थिक नीतिका साथ बढिरहेको यी मुलुकहरू विच सौहद्रता र मित्रताको गाठो निर्माण नहुनुका कारण उपनिवेशवादका वाछिटा पनि हुन् । वोर्डर समस्या इतिहासको थाती भएकोले गर्दा यी दुई मुलुकहरूबीच तनाव शिथिलिकरण सम्भव भएको छैन । विकास यात्राको कुरा गर्दा चीन र भारतले पृथक पृथक गोरेटो अबलम्वन गरेको देखिन्छ । चीनिया सांस्कृतिक क्रान्तीले गर्दा चीनिया अर्थव्यवस्था जर्जर अवस्थामा रहेको थियो । सन् १९८९ को विद्यार्थी आन्दोलनले कम्युनिष्ट पार्टीको सत्तालाई चूनौती दिएको थियो । त्यो आन्दोलनलार्य थिनामेन स्याकरको घटनाले चिनिन्छ ।

थेनामेन स्याकावयरको घटना उपरान्त चीनिया नेता देङले चीनलाई आधुनिकिकरण, खुलाबजार र विश्वव्यापीकरणको मार्गमा लग्न गुरूयोजनाका साथ अगाडी बढाए । देङले सन् १९८० देखि १९९० सम्म शिक्षा, प्रविधि र उत्पादनलाई केन्द्रविन्दु बढाउ‘दै विश्व भरी छरिएका उच्च कोटिको चीनिया नागरिकहरू राष्ट्रिय निर्माणको लागि चीन फर्कन अपिल गरे । अनुसन्धान र निर्माणबीच समन्व्य गर्दै लगानी मैत्री वातावरणको निर्माण देङले गरे । अमेरिका लगायत पश्चिमा शक्तिहरू चीनिया विकासको शैलीलाई गम्भीरता पूर्वक लिएका थिएन । चीनिया विकासलाई “कपी क्याट इकनोमी मनेर” पश्चिमाहरू उपहास गर्थे । चीन वन्द समाज भएकोले गर्दा चीनिया अन्वेशण, अनुसन्धान र विकासको प्रचार प्रसार भइरहेको थिएन ।

स्वतन्त्रत प्रेश र प्रजातान्त्रिक संरचनाको कमीले गर्दा चीनिया तयारीको सुचनाको बारेमा पश्चिमा शक्तिलाई मापन भइरहेको थिएन । सन् २००८ को विश्व आर्थिक मन्दीलाई चीन प्रचुर मात्रामा लाभ लिदै युरोप र अमेरिकाको बजारमा आफ्नो प्रभाव र पकड बलियो बनायो । चीनमा लगानी मैत्री वातावरण निर्माण गर्न सरकारले निजि कम्पनीहरू आवश्यक वातावरण निर्माण गर्यो । सन् १९८० सम्म भारतीय अर्थतन्त्र र चीनिया अर्थतन्त्रको आकार एक नासको नै   थियो । वर्तमान परिवेशमा चीनिया अर्थतन्त्र भारतभन्दा पॉच गुणा अधिक रहेको छ । सन् १९८० ताका चीनलाई अमेरिका र युरोपको सामीप्यता र सदभाव प्राप्त भए जस्तै वर्तमान अवस्थामा भारतलाई त्यो अवसर उपलब्ध भएको छ ।

चीन जस्तै भारतमा जनसंख्यीक लाभांष रहेको छ । ८० को दशकमा सोभीयत रुसलाई कमजोर बनाउन अमेरिका एक शक्तिको खोजीमा थियो । रणनीतिक रूपमा अमेरिकाले चीनलाई रोज्यो । वर्तमान अवस्थामा चीनको विकल्पमा विशाल बजार, संसारमा अरुभन्दा अधिक जनसंखया, प्रजातान्त्रिक पद्धित, प्रविधियुक्त जनशक्तिका कारणले अमेरिका र युरोप भारतीय बजारलाई रुचाएको देखिन्छ । सन् २०१३ मा राष्ट्रपति सीको उदय पश्चात चीनिया रणनीतिमा व्यापक परिर्वतन भएको छ । चीनको दक्षिण सागरको नीति, ताइवानको नीति, छिमेकी राष्ट्रहरू जापान, भारत, फिलिपिन्स लगायत अन्य आसीयानका राष्ट्रहरू प्रति आक्रमक नीति भएको छ । चीनिया काङ्ग्रेसको अधिवेशनद्वाारा राष्ट्रपति सीले ताइवानलाई चीनमा एकीकरण गर्ने घोषणा गरे पश्चात भू-राजनीति तरङगित भएको छ ।

ताइवान अमेरिकी सुरक्षा छातामा रहेको छ । विश्वको अनेकौं मुलुकहरू दक्षिण कोरिया, जापान, अष्ट्रेलीया, यूरोपेली युनियन लगायत अनेकौं मुलुकहरू अमेरिकी सुरक्षा छातामा रहेको छ । ताइवानलाई चीनले शक्ति र सार्मथ्यका साथ एकीकरण गरेको खण्डमा अमेरिकी नेतृत्व प्रतिको विश्वसनियता विश्वमा लोप हुने सम्भावना हुन्छ । यी माथि उल्लेखित प्रजातान्त्रिक कित्तामा रहेका राष्ट्रहरूले अमेरिका प्रतिको दृष्टिकोणमा पुनः विचार गर्न सक्दछ । यस परिवेशमा ताइवानको सुरक्षाका लागि अमेरिकी काङ्ग्रेसले ताइवान रिलेशन एक्ट समेत पारित गरिसकेको छ ।

वर्तमान परिवेशमा प्रविधि, पू‘जी, गठवन्धन, सैन्य क्षमता र सामरिक समस्किरणको हिसावले अमेरिका अब्वल रहेको छ । चीनले ताइवानका सैनिक कार्यवाही गर्न वित्तिकै विश्व बजारमा अडिग रहेका चीनिया अर्थतन्त्र धाराशाही हुने जानकारहरूको विष्लेशण रहेको छ । चीनिया सामरिक नीतिका अदभूत जानकार विजय गोखलेल चीनको वारेमा तीनवटा महत्वर्पूण पुस्तकहरू “थिनामेन स्वाम्यार” “लौंग गेम”  र “क्रस विण्ड” प्रकाशित गरेका छन् । उनको भनाई अनुसार चीनले ताइवानलाई आक्रमण गरेको खण्डमा चीनिया अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त हुन सक्दछ । चीनको अर्को सामरिक कसरत भारतसंग भइरहेको छ । संसारमा सबभन्दा ठुलो वोर्डर समस्यावाट ग्रसित यी दुई मुलुकहरूबीत विवाद चुलिएको छ ।

भारतलाई दवावमा राख्न चीनले अरुणाचल प्रदेश चीनको भाग भएको दावी गरेका छन् भने गलवान लगायत उत्तर पूर्वमा समेत सैनिक तैनाथ गरेका छन् । चीनलाई दवावमा राख्न भारत “तिब्वत” कोड खेल्ने जानकारहरूको बुझाई रहेको छ । तिब्वतमा धर्मगूरू दलाई लामाले सन् १९५९ देखि नै भारतमा आश्रम बनाएका छन् भने लाखौ तिब्वतेलीहरू भारतमा वास पाएका छन् । स्वतन्त्र तिब्वतको पक्षमा अमेरिकी सदनले विल समेत पारित गरेका छन् । केही दिन अघि अमेरिकी संसदिय टोली भारत भम्रण गर्दै दलाई लामासंग भेट गरी तिब्वतेली आन्दोलनलाई नैतिक सर्मथन गरेका छन् ।

अर्को तर्फ भारतलाई दवावमा चीनको पाकिस्तान कार्ड कमजोर भएको देखिन्छ । पाकिस्तानमा नै चीन प्रति आक्रोस बढिरहेको छ । विकास निर्माणमा आवद्ध भएका चीनिया नागरिकहरू पाकिस्तानमा पटक पटक संघातीक हमलाका शिकार भएका छन् । भारतलाई दवावमा राख्न चीनले श्रीलङ्कामा हम्वन टोटा वन्दरगाह तयार गरेका थिए । कालान्तरमा श्रीलङ्मा आर्थिक दिवालीयापनको शिकार भए । श्रीलङ्कालाई भारत विरोध उपयोग गर्ने चीनिया रणनीति सफल हुन सकेन ।

अर्थात् श्रीलङ्कालाई आर्थिक दिपालीयापनको संघारवाट जोगाउन भारतले ४ विलियन अमेरिकी डलर सहयोग र अनुदानको रूपमा प्रदान गर्दै विश्व वैंक र अन्तरराष्ट्रिय मुद्रा कोषमा समेत श्रीलङ्काको पक्षमा उभिएका थिए । पाकिस्तान वाहेक चीनको इरानसंग सघन सम्बन्ध रहेको छ । अमेरिकी नाकावन्दीको कारणले इरान चीनसंग नजीक भएको अवस्था छ । भारतको विरोधमा इरानलाई प्रयोग चीनलाई अवसर प्राप्त छैन ।

यसको प्रमुखक कारक तत्व मध्ये भारत इरान विचको प्राचिन सम्बन्ध समेत हो । इरानको आर्थिक विकासको लागि इरान स्थित चावाहार वन्दरगाहको विकासको जिम्मा भारतले लिएका छन् । रणनीतिक र व्यापारिक दृष्ट्रिकोणले चावाहार वन्दरगाह धेरै महत्वपूर्ण रहेको छ । अर्को शब्दमा भन्ने हो भने सभ्यता र संस्कृतीका सम्वाहक भारत र चीनले फरक फरक सामरिक नीतिका साथ विश्व राजनीति र कूटनीतिमा आफ्नो  भूमिका खेलका छन् ।