|  

नेता र पहुँच वालाका छोराछोरी निजीमा र अरूका सामुदायिक विद्यालयमा पढ्छन्ः शिक्षामन्त्री 

२१ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै मन्त्री श्रेष्ठले पहुँच नहुने व्यक्तिको सन्तानले मात्रै सामुदायिक विद्यालयमा पढाउने गरेको बताइन् ।
‘मैले १२० दिनमा थाहा पाएकोःहामीले के भाष्य निर्माण गरेका छौं भने, गरिबका छोराछोरी सामुदायिक विद्यालयमा जान्छन्, धनीका निजीमा ।

तर, त्यो होइन रहेछ,’ उनी भन्छिन्, ‘हामीजस्ता नेताका, पहुँच पुगेका मान्छेका छोराछोरी निजीमा जान्छन् । पहुँच नभएका, जनप्रतिनिधि वा ठूलो पद नओगटेका, आफ्नो नामको अगाडि माननीय नभएकाहरूका छोराछोरी सामुदायिकमा जान्छन् । भाष्य करेक्ट गरौं ।’