|  

रोनाल्डोसँग खेल्न पाउनु सम्मानको कुरा होः एमबाप्पे

२१ असार, काठमाडौं । फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डोविरुद्ध खेल्न पाउनु सम्मानको कुरा भएको बताएका छन् ।

फ्रान्सले शुक्रबार युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा रोनाल्डोको टिम पोर्चुगलविरुद्ध खेल्ने तालिका छ । ‘रोनाल्डोप्रति सदैव मेरो प्रशंसा छ । समय बित्दै जाँदा मैले उनलाई बुझ्न र कुरा गर्न पाए ।

हामी अझै पनि नजिक छौँ,’एमबाप्पेले भने, ‘रोनाल्डो सधैँ मलाई सल्लाह दिन चाहन्छन् । फुटबलमा उनले जे–जति गरेका छन्, त्यसआधारमा रोनाल्डोसँग खेल्न पाउनु सम्मानको कुरा हो ।’