|  

त्रिविका सहप्राध्यापक तिम्सिना सम्पर्कविहिन

२१ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं समालोचक रामजी तिम्सिना सम्पर्कविहीन भएका छन्।

असार १९ गते इटहरीस्थित घरबाट निस्केका तिम्सिना नफर्केपछि उनको परिवारले खोजिका लागि इटहरीस्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिएको छ। उनी एकाबिहानै घरबाट निस्केको परिवारजनले बताएका छन् । उनले लेखेको एउटा पत्र भेटिएको छ,  जसमा ‘म वराहक्षेत्रमा जलसमाधि लिंदै छु। अलबिदा’ भनेर लेखिएको छ ।

तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा अध्यापन गराउँदै आइरहेका छन्। साहित्यमा रुचि रहेका उनी समालोचकका रूपमा परिचित छन्।