|  

खोला तर्ने क्रममा बगाएर एक वृद्धको मृत्यु

२१ असार, काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित अरौंदी खोला तर्नेक्रममा बगाएर एक वृद्धको ज्यान गएको छ ।

पुतलीबजार १ वीरेन्द्रनगरमा बस्दै आएका ७४ वर्षीय तिलबहादुर भुजेल आज बिहान ८ बजे खोला तर्दै गर्दा बगेका थिए। तत्कालकै उनकै छोरा होमबहादुर भुजेलले उद्धारगरी अस्पताल पर्‍याएपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव हाल जिल्ला अस्पतालमा पोष्टमार्टका लागि राखिएको छ।