|  

एमाले र काँग्रेसबीचको सहकार्य राजनीतिक स्थायित्वका लागि होः शशांक कोइराला 

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि नेकपा एमालेसँग मिलेको प्रतिक्रिया दिएका छन् ।

आज पत्रकारसँग कुरा गर्दै उनले संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेर सरकार बनाउने बताएका हुन् । उनले दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक रहेको बताए । सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन नसकिएको स्वीकार गर्दै उनले बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।  विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मननगरी तदनुरुप गर्नुपर्नेमा जोड दिए ।