|  

सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छः माधव 

२१ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताएका छन्।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा पत्रकारहरूसँगको कुराकानीमा बदलिँदो राजनीतिक परिस्थितिमा सरकारले संसदको सामना गर्नुपर्ने आँट राख्नुपर्ने बताएका हुन्।

‘हामी अहिलेको सरकारमै छौं। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ,’उनले भने । नेपालले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन्छु भनेको कुरालाई आफ्नो पार्टीको समर्थन रहेको पनि बताए।