|  

राष्ट्रिय राजनीतिमा आफूहरूको खोजी भइरहेको माधव नेपालको दाबी 

२१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा अहिले एउटा मात्रै दल एक्लै अगाडि बढ्न सक्ने अवस्था नरहेको बताएका छन् ।

असार १६ गतेबाट सुरु भएको पार्टीको दशौं महाधिवेशनको बन्द सत्र विसर्जन गर्ने क्रममा उनले यस्तो बताए का हुन् । उनले राष्ट्रिय राजनीतिमा आफूहरूको खोजी भइरहेको पनि बताए । उनले भनेका छन्,‘एक्लै अगाडि बढ्न नसक्दा या त एउटा कित्तामा उभिन्छ, या त अर्को कित्तामा उभिन्छ । त्यसबेला सहयोगीहरूको आवश्यकता पर्दछ । यस्तो अवस्थामा हाम्रो आफ्नै महत्त्व छ ।’