|  

पार्टी कार्यालयले स्पष्टीकरण दर्ता नगरेको मुकुल ढकालको आरोप

२१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निलम्बित डा. मुकुल ढकालले पार्टी कार्यालयले  स्पष्टीकरण बुझ्न नमानेको दाबी गरेका छन्।

पार्टीले सोधेको स्पष्टीकरण आफूले बुधबार पार्टी कार्यालयमा बुझाउन खोजे पनि बुझ्न नमानिएको ढकालले दाबी गरेका हुन् । उनले भनेका छन,‘मैले स्पष्टीकरण पार्टी कार्यालयमा बुझाउन खोजेको दर्ता नै गरिएन । सभापतिको आदेशअनुसार मेरो स्पष्टीकरण पार्टी कार्यालयले बुझ्न नै मानेन। स्पष्टीकरण दिएन भनेर मलाई कारबाही गर्न खोजिँदैछ।’

ढकाललाई रास्वपाले असार १९ गते सात दिनका लागि महामन्त्रीबाट निलम्बन गरेको थियो। ढकालले पार्टी अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो।