|  

उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय, महिला टोलीकी सदस्य बेगम निलम्बित    

२१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार बसेको कार्यसमिति बैठकको निर्णय सार्वजानिक गर्दै केन्द्रिय उपाध्यक्ष सहित ४ जनलाइ स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। 

उपाध्यक्ष सिंहसहित केन्द्रीय सदस्यहरू माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

विश्वकप क्रिकेटमा सहभागिताका क्रममा क्यान र क्यानका पदाधिकारीहरूलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा संघका पदाधिकारी, सदस्य, संघसँग आबद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरूले संघको निर्णयविपरीत हुँदै नभएको आधारहीन कुराहरूको अन्तर्वार्ता एवं भ्रामक प्रचार गरी सामाजिक सञ्जालमा समेत शेयर गरेको पाइएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

विभिन्न १३ वटा निर्णय गरेको क्यानले महिला क्रिकेट टिम ब्यबस्थापक र टीम प्रशिक्षकमाथि अभद्र व्यवाहार गरेको भन्दै खेलाडी अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णयपनि गरेको छ।