|  

जनादेशअनुसार काम गर्ने नवनियुक्त बेलायती प्रधानमन्त्री स्मार्टरको प्रतिवद्धता

२१ असार, काठमाडौं । नवनियुक्त बेलायती प्रधानमन्त्री केइन स्मार्टरले जनादेशअनुसार काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

६ सय ५० सिट भएको बेलायती सदनमा एकल बहुमत भन्दा धेरै ४१२ सिट ल्याएका स्टार्मरले बेलायती राजाबाट प्रधानमन्त्री चयन भएपछि यो मन्तव्य दिएका हुन् । उनले आफ्नो सरकारको प्राथामिकतामा बोल्दै आफूले बेलायतको पुनःनिर्माण गर्ने, सीमा सुरक्षा गर्ने, सडक सुरक्षित बनाउने, विश्वस्तरीय विद्यालय तथा कलेजहरु बनाउने तथा अर्थोपार्जनका क्षेत्रहरु बनाउने बताए । आफ्नो विचारमा दलभन्दा देश अगाडि भएको उनको तर्क छ ।