|  

अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरियो

२१ असार, काठमाडौं ।  अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भई अशोक राईको नेतृत्वमा रहेको जसपाले आज शुक्रबारकै दिनदेखि लागू हुने गरी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको हो। राई नेतृत्वको जसपामा सात सांसद छन्।

यसअघि नेकपा एमाले पनि सरकारबाट बाहिरिसकेको छ। नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ गठबन्धन बनेको छ। उक्त गठबन्धनलाई साथ दिने राई नेतृत्वको जसपाले यसअघि नै बताइसकेको थियो। त्यसो त उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि कांग्रेस-एमालेको गठबन्धनलाई सहयोग गर्ने बताइसकेको छ।